logo शनिबार, भाद्र १३ २०८३ | Saturday 29th August 2026

आर्या फार्माल्याबद्वारा बाढी प्रभावित नागरिकलाई औषधि सहयोग


  • जन आकाश
  • शुक्रबार, भाद्र १२ २०८३

काठमाडौं । हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्या फार्माल्याबले नेपाल सरकारलाई आवश्यक औषधिहरू सहयोगस्वरूप उपलब्ध गराएको छ।



आर्या फार्माल्याबले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकहरूका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी  औषधिहरू उपलब्ध गराएको छ।

साथै, प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक रहेको खण्डमा कम्पनीले उपचारका लागि आवश्यक उपकरण तथा औषधिहरू सहयोगस्वरूप उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

विपद्को समयमा प्रभावित नागरिकहरूलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको यस सहयोगले स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहयोगले राहत तथा पुनःस्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

आर्या फार्माल्याबले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ। उसले हामिलाइ बिज्ञपति मार्फत यो जानकारी गराएको हो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend