logo शनिबार, भाद्र १३ २०८३ | Saturday 29th August 2026

वार्षिकोत्सबमा रक्तदान र शाेक शभा


  • जन आकाश
  • शुक्रबार, भाद्र १२ २०८३

काठमाडौ । आराेह जिन्दगीकाे छैटाै वार्षिकोत्सब सुख शान्ति मिडियाकाे हलमा सम्पन्न भएकाे छ । देशकाे वर्तमान दुखद् अवस्थालाई मध्यनजर गर्दै विमारी तथा घाइतेहरूलाई अत्यावश्यक पर्ने रक्तदान कार्यक्रमबाट सुरू भएकाे कार्यक्रममा नवराज भट्ट, दामोदर ढकाल , आर एन भण्डारी क्षेत्री , अभिराज खाती, आँचलकुमार शर्मा, सुनिता आचार्य , दीर्घबहादुर चन्द , सीमा खड्का, सतिस के.सी. टासी लामा, मंगलप्रसाद श्रेष्ठ, सुनिता आचार्य , ओशाे अखण्ड , लगायतले रक्तदान गर्नु भएकाे उक्त कार्यक्रममा प्रदिप देवानकाे सभापतित्वमा गुरु सिमान्त के.सी.काे प्रमुख आतिथ्यता , गुरु ओशाे अखण्डकाे विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा पछि आसन ग्रहण , समुद्घाटन शाेक शभा र शुभकामना मन्तव्य र समसामयिक देशकाे घटनाक्रममा आधारित रचना वाचन गरिएका थिए ।



कार्यक्रमकाे सञ्चालन आराेह जिन्दगीको संस्थापक नवराज भट्टले गरेका थिए । कार्यक्रममा टपिन्द्र के.सी., ध्रुव गजुरेल , इन्दिरा घिमिरे , दिपिका कार्की, सुनिता आचार्य , खुसी मरहट्टा, सीता सुवेदी , सीमा खड्का , टंङ्कबहादुर बजागाई खत्री, सरस्वती अर्याल , अभिराज खाती, विनय त्रिपाठी , किशोर खड्का, प्रकाश खत्री, केदारप्रसाद न्याैपाने, घना शाही, सतिस के.सी. सावित्री के.सी. नीलनाथ आचार्य, मंगल प्रसाद श्रेष्ठ, टासी लामा, आँचल कुमार शर्मा, जमुना गाैतम, आशाकाजी महर्जन , सरस्वती भुजेल, मिरा पुडासैनी , सुनिता चाैलागाई, कविता भुजेल, सूर्य बहादुर भण्डारी , दुर्गा अधिकारी भमरकाेटे, गणेश पाण्डे, राम महत, गाेमा प्रसाईं, विमला भण्डारी , निरूता शाह, सराेज शाह, गाैरव अलताप, सुनिता न्याैपाने, लक्ष्मी गाैतम, विजयराज गाैतम,जानकी मञ्जरी, कमला सिम्खडा, के.बी . पाैडेल, पार्वती घिमिरे पाैडेल दीर्घबहादुर चन्द लगायतका साहित्यकार र कलाकारहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमभरि रसुवा, नुवाकोट र धादिङ लगायतका स्थानमा भएकाे बाढीले पारेकाे धनजनकाे क्षति र अब कसरी त्याे पीडाबाट बच्ने लगायतका विषयमा छलफल भएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend