logo सोमबार, भाद्र १५ २०८३ | Monday 31st August 2026

पोट्रोनको इमास ५ विद्युतिय गाडी सार्वजनिक


  • जन आकाश
  • शनिबार, भाद्र १३ २०८३

मोहन कार्की । नेपालमा बिभिन्न प्रकारका भेइकल बेच्दै आएको दगदम्बा मोटर्सले मलेसियामा उत्पादित पोट्रोन इमास ५ कार बजारमा ल्याएको छ । जगदम्बा मोटर्सले नेपाली बजारमा अन्य कारहरु भन्दा लग्जरीस सुुविधा भएको र प्राइजको रुपमा पनि मध्यस्तरको भएको हुदा अहिले नेपाली ग्रहकहरुको रोजाईमा पोट्रोन इमास ५ पर्न थालेको छ ।



पोट्रोनको ईतिहाँस
पोट्रोन कारको ईतिहास नै गौरवपूुर्ण भएको हुनाले नेपाली बजारमा यसको महत्व अझै बढ्न थालेको हो । मलेसियाका पूूर्व प्रधानमन्त्री विकासवादी नेता भनेर चिनिन्थे उनको नाम हो डा. महथी मोहम्मदले विश्व बजारमा मलेसियाको पनि सवारी साधनमा प्रतिस्पर्धा होस र राष्ट्रिय उद्योगको क्षेत्रमा मलेसिया पनि छ भन्ने अनुभूत गराउन यो कार कम्पनीको शुरुवात सन् १९७९ मा स्थापना गराएका थिए । उनले मलेसियाको औद्योगिक क्षमतालाई तिव्र विकास गर्दै थप विकसित देशहरुसँग प्रतिस्पर्धा गर्न सक्षम हुने उनको सपना र चाहना थियो । सोही सपना मुताविक सन १९८३ मा पोट्रोन कार तयार भयो र सन १९८५ मा पोट्रोन कार सार्वजनिक गर्न सफल भयो । यसको विकास क्रम बढ्दै गएर आन्तारिक बजार स्वदेशमा आफ्नै देशमा बनेको कार कुदाउने मलेसियनहरुको सपना पुरा भयो एकतिर भने अर्कोतिर अन्तराष्ट्रियस्तरमा सन् १९८६÷१९८७ मा पोट्रोन एरोब्याक ह्याचब्याक मोडेल लन्च गरयो र अरु देशमा समेत पोट्रोन कार रुचाईएका कार मध्यमा पर्न थाले, बगलादेश, बुु्रनाई, न्यूूजरल्याण्ड, माल्टा र श्रीलंकामा समेत बिक्री गर्दै आएको मलेसियन कम्पनीले सन १९८८ मा बेलायतमा भएको अटो शोमा आफ्नो उपस्थिति जनाएर नयाँ मोडलका गाडीहरु प्रदर्शन गर्दै ईरोपमा उपस्थिति जनाएको महत्वपूर्ण कार उत्पादित ब्राण्ड कम्पनीको रुपमा चिनाउन सफल कम्पनी बन्न पुग्यो । त्यसपछि कम्पनीले पछाडी फर्केर कहिल्यै हेर्नुपरेन । वेलायतमा उपस्थिति सँगै सन् १९९० मा साह आलममा ट्रान्समिशन एसेम्बली प्लान्ट स्थापना गर्न प्रयास गरे र सन् १९९६ मा पोट्रोनले ब्रिटिश स्पोर्ट्स कार निर्माता कम्पनीका लोट्स समूहको ८० प्रतिशत शेयर हिस्सेदार हाशिल गरयो । सन १९९८ मा लोट्स सँग भएको सीप, क्षमताको आधारमा ट्युनिङ र सस्पेन्सन प्रणालीहरु विकास गर्ने आफ्नो विशेषतालाई थप सुधार गरेर अगाडी बढ्यो र सट्रिया जिटिआई प्रविधियुक्त नयाँ युगमा प्रवेश गरेर सवैभन्दा राम्रो मलेसियन कार निर्माता कम्पनीको रुपमा परिचय बनाउन सफल भएको थियो ।

२१ सौ सताब्दिको युुगमा डाईभिङ
बिस. २००३ मा आईपुग्दा पोट्रोनले १२८० एकडमा फैलिएको क्षेत्रमा तान्जुङ मलिम उत्पादन प्लान्टको निर्माण पुरा गरेर पोट्रोनले नयाँ युगको शुरुवात गरेको थियो जसमा पोट्रोनले नर्बिच, इङगल्याण्डको लोटस फ्याक्ट्रीमा आफ्नो नयाँ पोट्रोपाइप क्याम्प्रो ईन्जिन पनि विकास गरयो ।

बिस. २००४ मा पोट्राले डिजाईन गरेको जेन २ मोडेलहरु सार्वजनिक गरेको थियो । बिस. २००९ मा पोट्रोन एक्सोराको प्रक्षेपण गरी थप बहुउदेश्य सवारी साधनको शुरुवात गरेको थियो । यो मलेसियाको पहिलो सात सिटर गाडीको रुपमा एक्सोरा बजारमा आएको थियो । उक्त कारलाई मलेसियामा धेरै रुचाईएको थियो ।

सवारी साधन र व्यावसायमा कार्बन फुुटप्रिन्टहरुको चिन्ता बढ्दै गएपछि पोट्रोनले समय सापेक्षिक वातावरणमैत्री आफ्नै विद्युुतिय सवारी साधन बिस. २०१२ मा क्यामप्रो सार्वजनिक गरयो । बिस. २०१३ मा सेडान पोट्रोन, बिस. २०१४ मा सुप्रिम पोट्रान, बिस. २०१७ मा डा. महथी मोहमदको सपनालाई साकार पार्न अन्तराष्ट्रिय अटोमोबाईल Geely (Zhejiang Geely Holding Group Co, Ltd) won the bid to acquire a 49.9% साझेदारी गर्दै अगाडी बढेको थियो ।

बिस. २०१८ मा पोट्रन कारले विश्व बजारमा आफ्नो बजारलाई प्रगाढ बनाएको छ । बिस. २०१९ मा नयाँ लोगोको विकास गरेर नयाँ युुगको शुुरुवात गरेको पोट्रोले ३७ वर्षको आफ्नो यात्रालाई पोट्रोनले अनुुभवहरुको सगालोलाई थप विकास गरी पोट्रोन इमास ५ ईभि कार उत्पादन गरेर विश्व बजारमा बिक्रीको लागि पठाएको छ । सोही कार नेपालमा जगदम्बा मोटर्स प्रा.लिले ल्याएर बिक्री गरिरहेको छ । २२ प्रकारका मोडलमा कार उत्पादन गरको पोट्रोन कम्पनीको विश्वभरमा ४ मिलियन प्वाइन्ट ७ प्रतिशत कार बजारमा बिक्री भएका छन् ।

कुुनैपनि कम्पनीले सफलता प्राप्त गर्न स्थापना कालमा नै लामो दृष्टि राख्न सक्ने क्षमताको नेतृत्व हुनुपर्छ । त्यसैगरी लामो समय त्यतिकै मात्रमा लगाव र मेहनत गरेको हुनुपर्छ । त्यसमा टिमको पनि उत्तिक्कै भूमिका हुनुपर्छ । यि सवै कुराहरु मिलेर नै पोट्रोनको इमास ५ मलेसियामा उत्पादन भएको नेपाली बजारमा छ ।

के नेपालले पनि यस्तै सपना सहितको नेपाली सवारी साधन उत्पादन गर्न चाहयो भने सम्भव छैन र ?

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend