जन आकाश
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढीमा परी मृत्यु भएका ५९ जनाको शव हालसम्म अस्पतालमा ल्याइएको हो।
अस्पतालमा ल्याइएका शवमध्ये ३२ जनाको शव परीक्षण भइसकेको छ भने २७ जनाको शव परीक्षण गर्न बाँकी रहेको प्रवक्ता डा. सेढाईंले जानकारी दिए।
अस्पतालका अनुसार हालसम्म आठवटा शवको मात्र पहिचान भएको छ। बाँकी ५१ शवको पहिचान हुन बाँकी रहेको जनाइएको छ। पहिचान हुन बाँकी शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend