logo बिहिबार, भाद्र १८ २०८३ | Thursday 3rd September 2026

हिमालयन लाइफका कर्मचारीले गरे बढी प्रभावितका लागि ८ लाँख सहयोग


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०८३

काठमाडौ । हिमालयन लाईफका कर्मचारीहरुले रसुवा बाढीपहिरो पीडितका लागि करिब ८ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन् । उनिहरुले करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका हुुन् ।



विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो । उक्त राहत सामग्री नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पु¥याइनेछ ।

बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको दैनिकी कष्टकर बनेको अवस्थामा उनीहरूलाई तत्काल सहयोग पु¥याउने उद्देश्यले हिमालयन लाइफका कर्मचारीहरूले आफ्नै पहलमा राहत सामग्री संकलन गरेका हुन् । विपद्को समयमा पीडित परिवारको साथमा उभिने मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कर्मचारीहरूले उक्त सहयोग गरेका हुन् ।

कर्मचारीहरूबाट संकलित राहत सामग्रीमा खाद्यान्न तथा आवश्यक लत्ताकपडा समावेश गरिएको छ । नेपाली सेनामार्फत प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याइने भएकाले वास्तविक रूपमा प्रभावित परिवारसम्म सहयोग पुग्ने विश्वास गरिएको छ ।

हिमालयन लाइफका कर्मचारीहरूले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आवश्यक सहयोग र सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहकार्यको भावनासहित गरिएको यस सहयोगले बाढी तथा पहिरोबाट प्रभावित रसुवाका परिवारलाई कठिन परिस्थितिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend