logo सोमबार, भाद्र १५ २०८३ | Monday 31st August 2026

अग्नि आलाप लिएर आए कवि मधु पाठक


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०८३

नेपाल स्रष्टा समाजद्वारा कवि मधु पाठकको नवीनतम कविताकृति ‘अग्नि-आलाप’ प्रकाशित भएको छ।



उक्त कवितासङ्ग्रहभित्र विषयगत विविधाका ३५ थान कविता समावेश भएका छन् ।
लामो समयसम्म रेडियो साहित्यिक पत्रकारको रुपमा समेत क्रियाशिल पाठकको कविताको कथ्यमा विविधता भएका कविताहरुमा साङ्केतिक रुपमा आशावादी जीवनदृष्टि प्रस्तुत भएका छन् । स्वभाविक बिम्बको प्रयोगले ती कविताहरुका भाव सबल भएको पाइन्छ ।

प्रा.डा.लक्ष्मणप्रसाद गौतमका अनुसार, ‘संवेदनामा प्रेम,मातृत्व,करुणा,अनुभूति र हार्दिक पक्षको गहिरो अभिव्यक्ति पाइन्छ भने वर्तमान युगजीवनका यथार्थ,देशले भोग्नुपरेका विडम्बना र देश दुखेका बिम्ब,मान्छेमा हराउँदै जान थालेको संवेदना र मानवता,जनताले भोग्नुपरेका त्रासद परिस्थिति आदि पनि यी कविताका विषय बनेका छन् । आफ्ना अन्तर्हृदय र अन्तरचेतनाका आवाजलाई निश्छल रुपमा अभिव्यक्त गर्नु यस सङ्ग्रहका कविको विशेषता हो ।’

मधुका कविताप्रति श्रीओम श्रेष्ठ ‘रोदन’ भन्छन्,’प्रत्येक कविताले एउटा कथालाई काव्यात्मक रुपमा पस्कने कविको कला प्रशंसनीय छ ।’

समय संवेदनालाई मिहिन ढङ्गले बुझेर सिर्जित पाठकका कविताहरुमा विविध प्रसङ्ग सम्बोधन भएको कवि ऋषभदेव घिमिरेले बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend