जन आकाश
यतिवेला भोटेकोसीमा आएको विनासकारी बाढीले नेपालका नागरिक तथा अन्तराष्ट्रियस्तवाट तिर्थ यात्रामा आएका पर्यटकहरुलाई समेत नहस नहस बनाएर नर संहार गरेको छ । यतिवेला जानेका या नजानेका विज्ञ, विशेषज्ञ भन्नेहरु मिडियामा छाउन लाईन लागेका छन् । उता पीडामा बाचेका घाईते पीडितहरु आथा र उथु गर्दैछन् । बाढीमा बगेर जसको परिवारै सकियो उसको लागि त वरिपरिका छिमेकीहरुले बिचरा भन्ने शिवाय केही पनि रहेन ।
एकथरी सस्तो लोकप्रीयतामा रमाउनेहहरु बाढी प्रभावित क्षेत्रमा पुगेर सेल्फी हान्दैमा ठिक्क छ । देशका नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी सवै परिचालन भएका छन् । कठिन क्षेत्रहरुमा मित्र राष्ट्र चिनका प्राविधिक टोलीले समेत सहयोग गरिरहेका छन् । तै पनि यति जनशक्तिले मात्र उद्धार, राहत वितरण अस्थाई वा थाई शिशिवरहरु निर्माण गर्न प¥याप्त भएका छैनन् । कतिपय ठाउमा उद्धारका कामहरु भइरहेका छन् । कोही कतै जिवितै होलानकी भन्ने झिनो आस बोकेर बसेका आफन्तले आस गर्नुवाहेक अर्को बिकल्प छैन । बाढीले बगाएर थुपारेको लेदोको चाक्लो नै झण्डै दुईतिन मिटर अग्लो छ । तै पनि नेपालीहरु यो लेदो पन्साएर मानिस जिवितै भेटेन्छकी भनेर खोजिरहेका छन् । नेपालीहरुले आफ्नो दाईत्व सम्झेका छन् ।
भोटेकोशीले पु¥याएको क्षति नै सवैभन्दा नेपालको ठूलो बाढी र धेरै क्षति पुगेको भएपनि यस्ता बाढी, पैरोको कथा, ब्यथा नेपाल देशका लागि आजको मात्र होइन । कयौ वर्ष अगाडी देखि नेपालका खोला, खोल्सीमा आउने साना तिना बाढीले पनि यसैगरी मानिस बगाएको, गाई वस्तु बगाएको पीडा देशले ब्यहोर्दै आएको छ । कतै पैरोले मानिस पुरेर मरेका घटना छन् ।
रामेछापमा झण्डै दूईदशक अगाडी थाप्रा भन्ने ठाउँमा पैरोले कयौ मानिसहरु बगाएर काहा पु¥यायो त्यो भन्दा पनि अगाडी ओखलढुङगाको रामपुर भन्ने ठाउमा पैरोले वस्ती नै पुरेको घटना त्यतिवेला सुनेका देखेका मानिसहरुमा आज पनि ताजै छ । रामेछापको दोरम्ब शैलुङ गाउपालिका वाडन ३ लेकखर्कको पैरोले २०८१ भदौमा मानवीय क्षति पु¥याउनुका साथै आजपनि मानिसहरु विस्थापित छन् । सिन्धुपाल्चोक मेलम्चीमा २०७८ असार १ गते आएको बाढीले त्यसैगरी धन जनको क्षति गरेको थियो ।
यहि वर्ष नै बाजुराको ताम्सुरा भन्ने ठाउमा पैरोले मानिसहरु बगाएको र जन धनको क्षति पु¥याएको छ । यि घटना प्राकृतिक विपत्ति हुन तर प्रकृतिलाई मात्र दोष लागाएर जिम्मेवार, चेतनाको पनि सर्वश्रेष्ठ मानिने मानिसले आफैले गरेको गल्ती पनि स्वीकार गर्न सक्नुपर्छ । तव मात्र यस्ता घटना हुदैनन् । मानिस भनेको सरकारमा भएको पनि मानिस हो । सरकारमा नभएको पनि मानिस भनेर परिभाषित गर्न मिल्ने गरी यो लेख लेखिएको हो ।
मानिस बस्नको लागि कस्तो ठाउँ उपयुक्त छ । त्यसको परिकल्पना गरेर सवै कुराहरुको अध्ययन गरेर व्यवस्थित वसोबासको व्यवस्थापन गर्ने नीति सरकारमा रहेका मानिसहरुले बनाउनु पर्ने हो । त्यो कयौ वर्ष देखि बनाएनन् । अर्को सरकारले महाभूकम्प पछि एकीकृत वस्ती स्थापना गरेका ठाउँहरुमा मानिसलाई स्थान्तरण गराउन खोज्दा त्याहा मानिस बस्न गएनन् । त्यसैले पूर्व तयारी नगरी बसिरहेका अहिलेको नेपालीका वस्तीहरुमा जतिवेला पनि पैरो बाढी पस्ने सम्भावना बढी छ ।
झनै पछिल्लो समय राजमार्ग जाहा छ । त्यस आसपासमा मानिसहरु सर्ने क्रम जारी नै छ । यो विषयमा यतिवेला विज्ञको रुपमा सामाजिक सञ्जालमा छाउनेहरुले के हेरेर बसेका थिए । के गर्दै थिए । मानिसहरुलाई खोलाको किनारमा घर बनाउनु हुदैन भन्दा भन्दै त्यतै अटेर गरेर घर बनाउनेहरु र जहा बजार छ । त्यही थपिदै जाने मानिसहरु कहिल्यै सुध्रिएनन् । त्यसरी वस्ती बसाउने वेलामा सरकार पनि बोल्दैन । व्ययवस्थित वसोबासको विकास कहिले हुन्छ देशमा र यस्ता प्राकृतिक विपत्तमा कहिलेसम्म परिरहने हो नेपालीहरु ? सवैको ध्यान पुगोस् । आउदा दिनमा आपत्तकालीन विपत्त कसैलाई नपरोस भन्नका लागि सवै सचेत हुन जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend