जन आकाश
काठमाडौं । पोखरामा पोस्टमार्टमका लागि ल्याइएका १०२ शवमध्ये ८३ वटा अझै पहिचान हुन नसक्दा कास्की प्रशासनले सुरक्षित व्यवस्थापन सुरु गरेको छ ।
एसपी नवीन कार्कीका अनुसार १९ शवको पहिचान भई आफन्तलाई हस्तान्तरण गरिएको छ, र बाँकी शवको डीएनए नमुना फरेन्सिक प्रयोगशालामा पठाइनेछ । चिकित्सक र फरेन्सिक विशेषज्ञले शव ढिलाइमा कुहिँदा महामारीको जोखिम हुने चेतावनी दिएपछि तारजालीले घेरेर सुरक्षित भण्डारण गरिँदैछ ।
१६ भदौ, पोखरा । विपद् प्रभावित विभिन्न जिल्लाबाट पोस्टमार्टमका लागि पोखरा ल्याइएका शवहरू लामो समयसम्म पहिचान हुन नसक्दा व्यवस्थापनमा चुनौती थपिएको छ । शवहरू कुहिएर महामारी फैलन सक्ने जोखिम बढेपछि कास्की प्रशासनले पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन सुरु गरेका छन् ।
कास्कीका प्रहरी प्रमुख, एसपी नवीन कार्कीका अनुसार पोखरामा कुल १०२ वटा शव ल्याइएको थियो। तीमध्ये पूर्वी नवलपरासीका ४०, धादिङका २७, तनहुँका २४ र गोरखाका ११ वटा शव थिए । हालसम्म १९ वटा शवको मात्र पहिचान भई आफन्तलाई हस्तान्तरण गरिएको छ। बाँकी ८३ वटा शव अझै अज्ञात अवस्थामा रहेकाले तिनको व्यवस्थापन थालिएको हो ।
एसपी कार्कीले सोमबार सम्पूर्ण शवको पोस्टमार्टम सकिएको जानकारी दिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend