logo शनिबार, भाद्र २० २०८३ | Saturday 5th September 2026

भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार सहयोग


  • जन आकाश
  • शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं । हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एसटीसी ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।



ग्रुपले उक्त सहयोग रकम आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको ग्रुपले जनाएको छ।

एसटीसी ग्रुपको आधिकारिक वितरकका रूपमा कार्य गर्दै आएको भारतीय कम्पनी भेरोक इन्टरनेशनलले समेत बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ। दुवै संस्थाको सहयोग समेटेर एसटीसी ग्रुपले एकमुष्ट ५० लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।

भोटेकोसी क्षेत्रमा आएको बाढीबाट जनजीवन, भौतिक संरचना तथा स्थानीय अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै विपद्को समयमा निजी क्षेत्रले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता महसुस गरी सहयोग गर्ने निर्णय गरिएको एसटीसी नेपालका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले बताए।

“विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व हो। सरकारको राहत तथा उद्ध

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend