logo शनिबार, भाद्र २० २०८३ | Saturday 5th September 2026

भोटेकोसी बाढीपीडितका लागि रिद्धि सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग


  • जन आकाश
  • शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा१ करोड १ लाख रुपैयाँसहयोग गरेका छन्।



२०८३ साल भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दुवै सिमेन्ट उद्योगले विपद्को समयमा प्रभावित नागरिक र सरकारको साथमा रहने प्रतिबद्धतासहित सहयोग रकम प्रदान गरेका हुन्।

कुल सहयोग रकममध्ये रिद्धि सिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ उपलब्ध गराएका छन्।

रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले दुवै कम्पनीका तर्फबाट करोड १ लाख रुपैयाँको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

बाढीबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुवै कम्पनीले शोकसन्तप्त परिवारप्रति समवेदना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend