logo आइतबार, भाद्र २१ २०८३ | Sunday 6th September 2026

पोखरामा बिग डिजिटलको नयाँ स्टोर, उद्घाटनकै अवसरमा ग्राहकलाई विशेष उपहार


  • जन आकाश
  • आइतबार, भाद्र २१ २०८३

काठमाडौं । घरायसी उपकरण तथा उपभोक्ता इलेक्ट्रोनिक्स सामग्रीको रिटेल चेन बिग डिजिटलले पोखरामा आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ। कम्पनीले पोखराको सभागृह चोकस्थित इलेक्ट्रो गृहमा नयाँ स्टोर विस्तार गरेको हो। बिग डिजिटलको नयाँ स्टोरको उद्घाटन शैलेश सांघाई र सोनितमान श्रेष्ठले संयुक्त रूपमा गरेका हुन्। पोखरा बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकलाई घरायसी तथा विद्युतीय उपकरण सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।



बिग डिजिटलमा यासुदा, सामसुङ, पानासोनिक, सान्सुई, अकारीटेक, बजाज, प्रेस्टिज, हकिन्स, सिम्फोनी र बोनाएर लगायत १० भन्दा बढी ब्रान्डका उत्पादन उपलब्ध छन्।

नयाँ स्टोरमा एलईडी टिभी, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, एयर कूलर लगायत विभिन्न घरायसी उपकरण तथा उपभोक्ता इलेक्ट्रोनिक्स सामग्री खरिद गर्न सकिनेछ।

स्टोर उद्घाटनको अवसरमा ग्राहकलाई विशेष उपहार तथा चाँदीका सिक्का प्रदान गरिएको थियो। यस्तै, लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकले यासुदा ६ लिटरको एयर फ्रायर समेत जितेका छन्।

नेपालका विभिन्न स्थानमा आफ्नो स्टोर नेटवर्क विस्तार गर्दै आएको बिग डिजिटलले पोखरामा पनि ग्राहकलाई गुणस्तरीय उत्पादन, विभिन्न ब्रान्डको विकल्प र सहज खरिद अनुभव उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend