logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको ३ लाख ११ हजार सहयोग


  • जन आकाश
  • मंगलबार, भाद्र २३ २०८३

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मनकामना केबलकारका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।



कम्पनीका अनुसार कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन्। कर्मचारीहरूको तर्फबाट संकलित रु. ३ लाख ११ हजार २२२ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

उक्त रकम एभरेस्ट बैंक लिमिटेड, नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले आफ्नो तलबबाट उक्त रकम योगदान गरेको कम्पनीको भनाइ छ।

मनकामना केबलकारले विपद्को समयमा प्रभावित नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ।

कर्मचारीहरूको यो योगदानले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापना कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend