logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

भोटेकोशी बाढीपीडितका लागि नेपाल टेलिकम कर्मचारीको २ करोडभन्दा बढी सहयोग


  • जन आकाश
  • मंगलबार, भाद्र २३ २०८३

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल टेलिकमका कर्मचारीहरूले रु. २ करोड २ लाख २६ हजार ६६ सहयोग गरेका छन्।



कर्मचारीहरूको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्।

विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीहरूले उक्त रकम योगदान गरेका हुन्।

नेपाल टेलिकमले विपद् प्रभावित नागरिकका लागि शीघ्र संस्थागत रूपमा समेत थप राहत रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सरकारी प्रयाससँगै विभिन्न संघसंस्था, निजी क्षेत्र र कर्मचारी तहबाट समेत सहयोग जुटिरहेको छ। नेपाल टेलिकमका कर्मचारीको यो योगदानले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापना कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend