जन आकाश
काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा काठमाडौंको बानेश्वरमा जेनजी सहिद स्मृति दिवस कार्यक्रम आयोजना गरिएको छ।
जेनजी सहिद कल्याणकारी समाजको आयोजनामा भएको कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले उद्घाटन गरेका छन्।
कार्यक्रममा कानुनमन्त्री सोबिता गौतम, पूर्वाधारमन्त्री सुनिल लम्साल, भूमिमन्त्रीप्रतिभा रावल, पर्यटनमन्त्री गणेश पौडेल, नवप्रवर्तनमन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री निशा मेहतालगायतको सहभागिता रहेको छ।
गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए। आन्दोलनमा ज्यान गुमाएकाहरूको योगदान र बलिदानको स्मरण गर्दै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले उठाएका सुशासन, जवाफदेहिता र परिवर्तनका मुद्दालाई स्मरण गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend