जन आकाश
काठमाडौं । बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव देखिएको छ। समस्या समाधान गर्न सरकारले उपभोक्तालाई अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउने व्यवस्था गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाए अर्को कम्पनीको सिलिन्डर सोही मूल्यमा साटेर ग्यास उपलब्ध गराउन नेपाल आयल निगम र ग्यास उद्योगलाई निर्देशन दिएकी छन्।
हाललाई यो व्यवस्था काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ। कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारको निर्देशनविपरीत काम गर्ने व्यवसायीमाथि कानुनअनुसार कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend