जन आकाश
काठमाडौं । बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न सरकारले प्रभावकारी पहल नगरेको भन्दै विद्यार्थीहरूले सांकेतिक विरोधस्वरूप रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको गेटमै दाउरामा खाना पकाएका छन्।
अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीहरूले बिहीबार क्याम्पस गेटमा दाउराको चुलो बालेर भात, गुन्द्रुक र आलु पकाएर खाएका हुन्। उनीहरूले गेटमै खाना पकाएर सरकारको ध्यानाकर्षण गराएका छन्।
बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणको जनजीवन प्रभावित भएको भन्दै विद्यार्थीहरूले तत्काल समस्या समाधान गर्न सरकारलाई दबाब दिन सांकेतिक विरोध गरिएको बताएका छन्।
ग्यास अभावका कारण कतिपय विद्यार्थी पढाइ छाडेर घण्टौँसम्म ग्यासको लाइनमा बस्न बाध्य भएको तथा डेरामा खाना पकाउनसमेत समस्या भएको उनीहरूको गुनासो छ।
ग्यास नपाउँदा चाउचाउ र बिस्कुटको भरमा बस्नुपर्ने अवस्था आएको भन्दै विद्यार्थीहरूले तत्काल सहज र नियमित रूपमा ग्यास आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend