logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न देउवा नुवाकोट प्रस्थान


  • जन आकाश
  • बिहिबार, भाद्र २५ २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बाढी प्रभावितका लागि राहत सामग्री लिएर आज बिहान नुवाकोट प्रस्थान गरेका छन्।



देउवासँगै कांग्रेसका अन्य शीर्ष नेताहरू पनि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि नुवाकोट गएका छन्।

नुवाकोट पुगेपछि सुरुमा कांग्रेस जिल्ला पार्टी कार्यालयमा नेता–कार्यकर्तासँग भेटघाट गरी बाढीबाट भएको क्षतिबारे जानकारी लिने कार्यक्रम रहेको देउवाको सचिवालयले जनाएको छ।

त्यसपछि देउवाको टोलीले विदुर नगरपालिका–४ स्थित ढुंगे क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्नेछ। त्यसपछि बाढी प्रभावित क्षेत्र देवीघाट पुगेर प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ।बाढी प्रभावित क्षेत्रको निरीक्षण तथा राहत वितरणपछि देउवासहितको टोली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend