logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा


  • जन आकाश
  • बिहिबार, भाद्र २५ २०८३

KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।



नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान १८.१ ओभरमा ६० रनमै अलआउट भयो। ओमानका लागि जतिन्दर सिंहले २५ र जितेन रमानन्दीले १३ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान तीन–तीन विकेट लिए। यस्तै, ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ तथा बसिर अहमदले ४७ रनको योगदान दिए।

ओपनर देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए। यस्तै, ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५ र सन्दीप लामिछानेले ३ रन जोडे।

ओमानका बलर जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए। मुजीबुर अलि र शकिल अहमदले समान एक–एक विकेट लिए।

जितसँगै नेपालले अब उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्नेछ। यूएईले हङकङलाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। फाइनल जित्ने टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend