logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी मौज्दात


  • जन आकाश
  • बिहिबार, भाद्र २५ २०८३

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ जम्मा भएको छ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार कोषअन्तर्गत विभिन्न नौवटा बैंकमा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ मौज्दात रहेको छ।

त्यसैगरी, कोषका दुईवटा बैंक खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दातलाई नेपाली रुपैयाँमा हिसाब गर्दा कोषमा कुल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ उपलब्ध रहेको बताइएको छ।

विवरणअनुसार भदौ २५ गते मात्रै कोषमा नेपाली रुपैयाँतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ।

यसअघि केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।

कोषमा जम्मा भएको रकम विपद् प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यकताअनुसार परिचालन हुँदै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend