logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

पासाङल्हामु फाउन्डेसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग


  • जन आकाश
  • शुक्रबार, भाद्र २६ २०८३

काठमाडौं । पासाङल्हामु फाउन्डेसनले बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ।



फाउन्डेसनकी अध्यक्ष दावा फुटी शेर्पा र प्रथम उपाध्यक्ष ल्हाक्पा फुटी शेर्पाले बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनले विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend