logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

सेयर बजार सुधारका लागि १०–१२ बुँदे कार्यक्रम ल्याउने अर्थमन्त्रीको घोषणा


  • जन आकाश
  • शुक्रबार, भाद्र २६ २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी सोमबारसम्म सेयर बजार सुधारका लागि १०–१२ बुँदे कार्यक्रम ल्याउने बताएका छन्।



आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले पुँजी बजार सुधारका लागि आवश्यक कदम चाल्ने बताए।

अर्थमन्त्री वाग्लेले सुधारका कार्यक्रमले सेयर बजारलाई केही राहत दिनुका साथै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।

उनले पुँजी बजारलाई दैनिक मूल्य घटबढका आधारमा मात्र हेर्न नहुने भन्दै दीर्घकालमा उत्पादनमूलक क्षेत्रमा वित्त परिचालन गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend