जन आकाश
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरलगायतका स्थानमा सडक भाँसिएर यातायात अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढेको छ।
यात्रुको चाप बढेसँगै बुद्ध एयरले भरतपुरबाट काठमाडौंका लागि दैनिक उडान संख्या बढाएर ९ देखि ११ वटासम्म पुर्याएको छ। सामान्य अवस्थामा दैनिक पाँचवटा उडान हुँदै आएको थियो।
बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सडक अवरुद्ध भएपछि चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत यात्रु हवाई सेवा लिन भरतपुर विमानस्थल पुग्ने गरेका छन्।
भरतपुर–काठमाडौं रुटमा एटीआर–७२ जहाज सञ्चालन हुँदै आएको छ। धावनमार्ग छोटो भएकाले जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न नसक्ने जनाइएको छ। सडकमार्ग असहज बनेका कारण यात्रुको सहजताका लागि उडान संख्या बढाइएको बुद्ध एयरले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend