जन आकाश
काठमाडौं । एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले कठिन परिस्थितिमा कम्पनी सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिँदै आएको बताए। उनले विपद्बाट प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे।
कम्पनीले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घर तथा जीविकोपार्जनका साधन गुमाएका नागरिकप्रति सहानुभूति जनाएको छ।
एमएडब्लू ग्रुपले आगामी दिनमा पनि नेपाल र नेपाली जनताको साथमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend