जन आकाश
काठमाडौं । बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि बिवाइडी र नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले सरकारलाई ७ करोड रुपैयाँ सहयोग गरेका छन्।
साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले रसुवा कम्पनीको यात्रासँग जोडिएको महत्वपूर्ण स्थान भएकाले त्यहाँ आएको विपत्तिले आफूहरूलाई दुःखी बनाएको बताइन्। उनले कठिन समयमा प्रभावित परिवार, उद्धार तथा राहत कार्यमा सहयोग गर्न बिवाइडी र साइमेक्सले सक्दो पहल गर्ने बताइन्।
उनले भनिन्, “रसुवाले हाम्रो यात्रालाई सुरु गर्न साथ दिएको थियो। आज रसुवालाई हाम्रो साथ चाहिएको बेला हामी पछाडि हट्ने छैनौँ।”
कम्पनीले बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend