जन आकाश
रामप्रसाद अधिकारी
त्रिशुली बाढी
गाउँ बस्ती नभनी
लग्यो बडारी ।
१)देश रुँदैछ
बितन्डा मच्चाउँदै
बाढी बढ्दैछ ।
२)आयो बिपत्ति
मानवता महान
हैन सम्पत्ति ।
३)गाउँ शहर
पापी दैव आएर
लग्यो सलल ।
४) धन सम्पत्ति
बाल बृद्व नभन्ने
पापी बिपत्ति ।
६) बाढी पहिरो
त्रास पिर मनमा
चिन्ता गहिरो ।
७) भए टुहुरा
अबोध नाबालक
कठै बबुरा ।
८) संकट टारौं
सकेको सहयोग
सबैले गरौं ।
९) आँखा नहेरी
पवित्र त्यो बस्तीमा
पस्यो भुमरी ।
१०) गर्छु नमन
दिवंगत सबैमा
श्रद्धा सुमन ।
रामप्रसाद अधिकारी, बानियाँटार ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend