logo आइतबार, भाद्र २८ २०८३ | Sunday 13th September 2026

ट्राफिक व्यवस्थापनमा प्रविधि बढाऔँ, सडकमा हात हल्लाउने अवस्था अन्त्य गरौँ : आईजीपी कार्की


  • जन आकाश
  • आइतबार, भाद्र २८ २०८३

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै सडकमा हात हल्लाएर सवारीसाधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्।



आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले ट्राफिक प्रहरीलाई सडकको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनुपर्नेमा जोड दिए।

उनले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित र प्रभावकारी बनाउन एआई क्षमताका सीसीटीभीलगायत आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताए।

आईजीपी कार्कीले एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन तथा समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए।

नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै कार्कीले ७५३ वटै स्थानीय तहसँग समन्वयका लागि गृह मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार भइरहेको बताए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend