जन आकाश
काठमाडौं । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको दशैं, तिहार तथा छठ पर्वको अवसरमा विशेष योजना ‘ह्युन्डाई दशैं विशेष गाडी यात्रा २०८३’ घोषणा गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, चिठ्ठा कार्डमार्फत थप ५ लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसरसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै, ह्युन्डाई गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क अटो प्लस बीमा र एक वर्षको निःशुल्क सडक कर सुविधा पाउनेछन्।
कम्पनीका अनुसार हरेक ह्युन्डाई गाडीमा ३ वर्षको सवारीसाधन वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध छ। यसले ग्राहकलाई गुणस्तर, मूल्य र सुविधासहितको ह्युन्डाई गाडी स्वामित्वको अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
‘ह्युन्डाई दशैं विशेष गाडी यात्रा २०८३’ योजना भदौ २३, २०८३ देखि लागू हुने कम्पनीले जनाएको छ। कम्पनीले दशैं, तिहार तथा छठको अवसरमा नजिकैको ह्युन्डाई शोरुममा पुगेर विशेष छुट, पुरस्कार तथा अन्य सुविधाको लाभ लिन ग्राहकलाई आग्रह गरेको छ।
कम्पनीका अनुसार यो योजना विशेषगरी चाडपर्वको अवसरमा ह्युन्डाई गाडी खरिद गर्ने ग्राहकलाई थप सुविधा र आकर्षण प्रदान गर्ने उद्देश्यले ल्याइएको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend