logo मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाने


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्।भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा अर्थमन्त्री वाग्ले असोज १ गते नयाँदिल्ली प्रस्थान गर्ने भएका हुन्।



भ्रमणका क्रममा उनले नेपाल–भारतबीचको सहकार्य तथा भोटेकोशी बाढीबाट भएको क्षतिपछि पुनर्निर्माणका विषयमा छलफल गर्ने जनाइएको छ।

सरकारी स्रोतका अनुसार अर्थमन्त्री वाग्ले असोज १ र २ गते भारतमा रहनेछन्। भ्रमणका क्रममा उनले द्विपक्षीय बैठकमा सहभागिता जनाउनेछन्।

त्यस्तै, उनले भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने तथा भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend