logo मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

भोटेकोशी बाढीपछि विभिन्न जिल्लामा १ हजार ३९७ शव फेला


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा १ हजार ३९७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।



प्रहरीका अनुसार रसुवामा १८९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ।

हालसम्म १ हजार २३० वटा शव व्यवस्थापन गरिएको छ। पहिचान तथा अन्य प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend