logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

उच्च अदालतमा तीन न्यायाधीश सिफारिस, तीन सहसचिव सचिवमा बढुवा


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका लागि तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ।



परिषद्को बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा सिफारिस गरेको छ। त्यस्तै, जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरको न्यायाधीशमा सिफारिस गरिएको छ।

यसैगरी, न्यायपरिषद्ले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। ठगीन्द्र कट्टेल र बाबुराम दाहाललाई सर्वोच्च अदालतको रजिष्ट्रार तथा रामप्रसाद भट्टराईलाई न्यायपरिषद्को सचिवमा बढुवा गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend