logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

प्रतिनिधिसभामा ‘डिजिटल संसद्’ अवधारणाबारे छलफल


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । प्रतिनिधिसभाले ‘डिजिटल संसद्’को अवधारणा अघि बढाउने तयारी गरेको छ। यसबारे मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको हो।



सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बसेको बैठकमा सांसदहरूले शून्य समय, आकस्मिक समय र विशेष समयमा उठाएका विषयलाई डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्ने विषयमा छलफल गरिएको छ।

सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्‍यो, कति प्रगति भयो र कहिले सम्बोधन गरियो भन्ने विवरणसमेत डिजिटल प्रणालीबाट ट्र्याक गर्न सकिने व्यवस्था विकास गर्ने विषय बैठकमा उठाइएको छ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारका अनुसार कार्यव्यवस्था परामर्श समितिमा डिजिटल संसद्को अवधारणामै केन्द्रित भएर छलफल भएको हो। उनका अनुसार यस विषयमा छलफल जारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend