logo मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

प्रधानमन्त्रीसँग बाढी प्रभावित क्षेत्रबारे छलफल गरेर फर्किएका किस्पाङ अध्यक्ष पक्राउ


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका समस्या र राहत तथा पुनर्स्थापनाबारे छलफल गर्न सिंहदरबार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।



जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार अध्यक्ष तामाङलाई सिंहदरबारबाट बाहिरिएपछि पक्राउ गरेको हो।

अध्यक्ष तामाङ बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रधानमन्त्री शाहसँग बाढी प्रभावित क्षेत्रका विषयमा भएको छलफलमा सहभागी भएका थिए। छलफल सकेर सिंहदरबारबाट बाहिरिएका उनलाई प्रहरी वृत्त दरबारमार्गको टोलीले हनुमानथानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।

एसपी थापाका अनुसार तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा अदालतमा दायर भएको रहेकाले अदालतमा उपस्थित गराउने प्रयोजनका लागि पक्राउ गरिएको हो।

उनले भने, “बैंकिङ कसुरसम्बन्धी मुद्दा अदालतमा दायर भएको रहेछ। अदालतमा उपस्थित गराउने प्रयोजनका लागि सिंहदरबारबाहिर हनुमानथानमा फेला पारी नियन्त्रणमा लिएको रहेछ।”

प्रहरीका अनुसार अध्यक्ष तामाङ ‘ओसिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चर’का सञ्चालकसमेत हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend