logo मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

भोटेकोशी बाढीबारे संसदीय छानबिन समिति गठन गर्न आङ्देम्बेको माग


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्।



सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षति तथा त्यसपछि भइरहेको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको हो।

सभामुखको सचिवालयका अनुसार भेटका क्रममा बाढीबाट भएको क्षतिको अध्ययन तथा आवश्यक छानबिनका लागि संसदीय समिति गठन गर्ने विषयमा समेत छलफल भएको थियो।

त्यस्तै, प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिने विषयमा पनि आङ्देम्बे र सभामुख अर्यालबीच कुराकानी भएको सचिवालयले जनाएको छ।

भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार तथा राहतका विषयमा संसद्मार्फत प्रभावकारी अनुगमन र आवश्यक कदम चाल्नुपर्ने विषयमा समेत भेटमा छलफल भएको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend