logo बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

जनआकाशका आजिवन सदस्य कवि ढकालको अध्यक्षता कार्यक्रम सम्पन्न


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौ । यहि मितिः २०८३ साल भदौ ३० गते सुख शान्ति मिडियाको बालाजुुस्थित सभहलमा आधुनिक साहित्य परिषदको नियमित मार्षिक रचनावाचन र स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मुरलीप्रसाद ढकालको सभापतित्व, डा. बमबहादुर जितालीको प्रमुख अतिथ्यता , वरिष्ठ शिक्षाविद् प्रा. इन्द्रविलास घिमिरे, वरिष्ठ साहित्यकार एवम् समीक्षक चन्द्रा न्यौपाने, राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, समीक्षक बलराम दाहाल लगायत अतिथि रहेको कार्यक्रममा वरिष्ट साहित्यकार एवम् छन्दकवि जगदीश्वर पोखरेललाई सम्मान गरिएको थियो ।



कवि पोखरेलको व्यक्तित्व र कृतित्वको विषयमा समीक्षक एवम् कवि बलराम दाहालले मन्तव्य राखेका थिए । शिक्षाविद् प्रा. इन्द्रविलास घिमिरेले लमजुङको माटोको महिमा गान गर्दै राष्ट्रकवि देखि जगदीश्वर पोखरेल लगायतका कविलाई समेट्दै काव्यिक दृष्टिले उर्बर भूमिको महिमा प्रस्तुत गरेका थिए । कार्यक्रममा भैरवी भूगोल , धिरेन शाही, टंकबहादुर बजगाई, खुसीराम डौलिया, रामचन्द्र न्यौपाने, दुर्गा अधिकारी भमरकोटे, चन्द्रा न्यौपाने, चेवन बस्नेत ठूलाघरे, वेदप्रसाद गौडेल, सपना देवकोटा , नवराज तिवारी , टेकबहादुर लोडारी, सानू शर्मा, लक्ष्मी बस्नेत , सुवास मिश्र, चुडा निर्भीक , कृष्णप्रसाद पौडेल जस्ताघरे, महेन्द्र बहादुर थापामगर , सञ्जय सोती, बुद्धिप्रसाद सेढाई , कल्पना देवकोटा , जानुका थापा रायमाझी , सुशीला ढकाल अधिकारी , रेखा महर्जन बस्नेत , आशाकाजी महर्जन, कमलादेवी सिंम्खडा, सुनिता बुढाथोकी , पार्वती घिमिरे पौडेल,जन्मजय ढकाल, वरिष्ठ संगीतकार विष्णु गुरूङ, सत्यनारायण ढकाल लगायतले जगदीश्वर पोखरेल र आफ्ना पनि सिर्जना सुनाएका थिए ।

संगीतकार विष्णु गुरूङले जहाँ छन् बुद्धका आँखा बोलको डा. बमबहादुर थापा जितालीको गीत गाउँदा गर्मीमा समेत शीतलताको आभास दिएको थियो । सम्मानित स्रष्टा जगदीश्वर पोखरेलले काव्यिक यात्रा सँगै करिव आधा दर्जन कविता प्रस्तुत गरेका थिए । प्रमुख अतिथि डा. जितालीले सम्मानित व्यक्तित्व उपयुक्त पात्र भएको र आफू समेत सम्मानित भएको महसुस गरेको बताएका थिए। सभापति मुरलीप्रसाद ढकालले सहभागी सबैलाई धन्यवाद दिदै समापन भएको कार्यक्रम करिब चार घन्टा चलेको थियो । कार्यक्रमको संयोजन सञ्चालन सुख शान्तिका दामोदर ढकाल दीपकले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend