जन आकाश
काठमाडौं । दुई सातादेखि बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गमा भोलि असोज १ गतेदेखि सवारी साधन पूर्णरूपमा सञ्चालन हुने भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै सवारी सञ्चालनको तयारी गरिएको हो।
प्रधानमन्त्रीको सचिवालयले बाढीका कारण अवरुद्ध सडकखण्डको कृष्णभीरमा सरकारले ट्र्याक खोल्ने काम सम्पन्न गरेको जनाएको छ। सचिवालयका अनुसार भोलिदेखि उक्त सडकखण्डमा सवारी साधन पूर्णरूपमा आवतजावत गर्न सक्नेछन्।
यससँगै लामो समयदेखि प्रभावित पृथ्वी राजमार्गको यातायात सेवा नियमित हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend