logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सुत्केरी विदा ६ महिना पुर्‍याउने सरकारको तयारी, बुबालाई ४२ दिन बिदा प्रस्ताव


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । सरकारले हाल ९० दिन दिँदै आएको सुत्केरी विदा बढाएर ६ महिना पुर्‍याउने तयारी गरेको छ।



कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भएको र त्यसमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा दिने प्रस्ताव गरिएको जानकारी दिएकी छन्।

त्यस्तै, नवजात शिशुको हेरचाहमा बुबाको भूमिका पनि महत्वपूर्ण हुने भन्दै बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ।

मन्त्री गौतमका अनुसार विधेयक मन्त्रिपरिषद्बाट पारित गराई संसद्मा पेश गर्ने तयारी भइरहेको छ। उनले यो व्यवस्था सुरक्षित मातृत्व र अभिभावकत्वका क्षेत्रमा महत्वपूर्ण नीतिगत परिवर्तन हुने बताएकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend