logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

अब एटीएमबाटै १०० रुपैयाँको नोट निकाल्न सकिने


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । अब सीमित एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूको मागअनुसार एटीएमबाट साना दरका नोट निकाल्न सकिने व्यवस्था गर्न लागिएको राष्ट्र बैंककी सहायक प्रवक्ता सुधा श्रेष्ठले जानकारी दिएकी छन्।



नजिकिँदो दसैंमा नयाँ तथा सुकिला नोट लिन बैंकमा हुने भीड कम गर्ने उद्देश्यले बैंकरहरूले एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था गर्न सुझाव दिएका हुन्।

हाल अधिकांश एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिन्छ। तर, परम्परागत एटीएम मेसिनमा दुईवटा दरका नोट मात्रै राख्न मिल्ने भएकाले १०० रुपैयाँका नोट सबै एटीएमबाट निकाल्न भने सम्भव नहुने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले पछिल्ला केही वर्षदेखि दसैंमा नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्दै आएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend