जन आकाश
काठमाडौं । नेपाल सरकारले ग्यासको अभाव हटाउन भारतसँग कम्तीमा एक सातासम्म दैनिक १६० बुलेट एलपी ग्यास पठाइदिन आग्रह गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको निर्देशनमा नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई पत्राचार गर्दै दैनिक १६० बुलेट ग्यास पठाइदिन आग्रह गरेको हो।
नेपालमा दैनिक करिब १०० बुलेट ग्यास आवश्यक पर्ने भए पनि पछिल्लो समय आयातमा उतारचढाव हुँदा बजारमा अभाव देखिएको छ। सरकारले केही दिन लगातार १६० बुलेट ग्यास भित्र्याउन सके अभाव कम हुने अपेक्षा गरेको छ।
मन्त्री साहले एक साताभित्र ग्यास आपूर्ति सहज बनाउने गरी काम भइरहेको बताएका छन्। साथै, ग्यास बोकेका बुलेटलाई भन्सारमा हुने ढिलाइ हटाएर छिटो नेपाल भित्र्याउने विषयमा पनि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend