logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त प्रमुख सचिव विनोदबहादुर कुँवरले बुधबारदेखि जिम्मेवारी सम्हालेका छन्।



नेपाल सरकारको मन्त्रिपरिषद्ले भदौ २५ गते गरेको निर्णयअनुसार प्रमुख सचिवमा बढुवा भएका कुँवरले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर जिम्मेवारी सम्हालेका हुन्।

जिम्मेवारी सम्हालेपछि उनले प्रदेशका मन्त्रालयका सचिव तथा कर्मचारीसँग परिचयात्मक कार्यक्रम गरेका थिए। त्यसपछि मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीलगायतसँग भेटवार्ता गरेका थिए।

भेटका क्रममा प्रदेशको प्रशासनिक संरचना, जनशक्ति, समग्र अवस्था तथा सरकारका प्राथमिकताबारे जानकारी गराइएको थियो।

प्रमुख सचिव कुँवरले शासकीय सुधार, प्रभावकारी नीति कार्यान्वयन र सामूहिक सहकार्यबाट परिणाममुखी काम गर्नुपर्ने बताएका छन्। उनले कर्मचारीको मनोबल उच्च राख्दै सबै मिलेर काम गर्ने वातावरण निर्माणमा आफूले जोड दिने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend