logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, तीन कम्प्युटर जले


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा बुधबार बिहान आगलागी भएको छ। बिहान साढे ८ बजेतिर भवनको भुइँतलामा रहेको मुद्दा फाँटका २० र २१ नम्बर कक्षमा आगलागी भएको हो।



आगलागीबाट तीनवटा कम्प्युटर जलेका छन्। प्रारम्भिक रूपमा विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने जनाइएको छ।

यसअघि भदौ १७ गते राति पनि सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी भएको थियो। गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्चको पुरानो भवनमा आगजनी भएपछि अदालत नयाँ भवनबाट सञ्चालन हुँदै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend