जन आकाश
काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिपको सातौँ समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन खुला गरेको छ।
बैंकका अनुसार १८ वर्ष उमेर पुगेका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले असोज २६ गते अर्थात् १२ अक्टोबर २०२६ सम्म आवेदन दिन सक्नेछन्। छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ।
नबिल एसएसई फेलोसिप ६ महिनाको उद्यम विकास कार्यक्रम हो भने सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो। यी कार्यक्रममार्फत महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका उद्यमीलाई विशेष रूपमा प्रोत्साहन गरिने बैंकले जनाएको छ।
बैंकका अनुसार हालसम्म दुवै कार्यक्रममार्फत १ हजार ५८० जनाले तालिम लिएका छन् भने ३१८ वटा उद्यम स्थापना भई १९ हजार ३०३ जनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएका छन्।
कार्यक्रममा सहभागी हुन इच्छुकले नबिल बैंक तथा नबिल एसएसईका आधिकारिक माध्यम र सम्बन्धित शैक्षिक साझेदार संस्थामार्फत आवेदन तथा थप जानकारी लिन सक्नेछन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend