logo बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते आयोजना हुने


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते आइतबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना गर्ने भएको छ।



‘बिल्डिङ डिजिटल रेजिलियन्सस्, रिडिफाइनिङ द गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ मुख्य थिम रहेको कन्क्लेभमा डिजिटल रेजिलियन्स, डिजिटल गभर्नेन्स, डेटा, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल अर्थतन्त्रका विषयमा छलफल हुनेछ।

यसअघि भदौ ११ गते आयोजना गर्ने तय भएको कार्यक्रम रसुवामा आएको भीषण बाढी–पहिरोका कारण स्थगित गरिएको थियो।

कन्क्लेभमा तीनभन्दा बढी किनोट स्पिच, पाँचभन्दा बढी प्यानल संवाद, पावर संवाद, डिजिटल स्पार्क प्रस्तुति तथा डिजिटल लिडरसिप डाइलग सञ्चालन हुनेछन्। कार्यक्रममा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ सहभागी हुने आयोजकले जनाएको छ।

त्यस्तै, डिजिटल प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा काम गरिरहेका २५ भन्दा बढी कम्पनीका प्रविधि र समाधान प्रदर्शनीमा राखिनेछन् भने १० भन्दा बढी नवप्रवर्तनले आइडिया पिचिङ गर्नेछन्।

कार्यक्रममा सरकारी अधिकारी, नीतिनिर्माता, निजी क्षेत्र, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र तथा युवा नवप्रवर्तकसहित ५०० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend