logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

संसदीय सूचना र गतिविधि व्यवस्थित गर्न ‘डिजिटल पार्लियामेन्ट’ सञ्चालनमा


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । संघीय संसद् सचिवालयले संसदीय सूचना, सेवा, अभिलेख तथा गतिविधिलाई सहज, प्रभावकारी र पारदर्शी बनाउन ‘डिजिटल पार्लियामेन्ट’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ।



हाल परीक्षणको चरणमा रहेको प्लेटफर्मको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शुभारम्भ गरेका हुन्।

प्लेटफर्ममा संसद्का सूचना, विधेयकको अवस्था, क्यालेन्डर, सांसदको उपस्थिति तथा समिति र उपसमितिका विवरण समेटिएका छन्। साथै, पुराना संसदीय दस्तावेज तथा अभिलेखलाई डिजिटलाइज गरी सुरक्षित राख्न र अध्ययन–अनुसन्धानमा सहजता ल्याउन सहयोग पुग्ने बताइएको छ।

सभामुख अर्याल र अध्यक्ष दाहालले संसदीय कामकारबाहीलाई कागजी प्रणालीबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्दा काम छिटो, पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउन सहयोग पुग्ने बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend