जन आकाश
काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावर हाउसबाट तीन वटा शव फेला परेको छ।
आयोजनाका म्यानेजिङ डाइरेक्टर बाबुराजा महर्जनका अनुसार उद्धारकर्मीले पावर हाउसबाट तीन वटा शव फेला परेको जानकारी दिएका छन्।
पावर हाउस तथा गेटमा कार्यरत ६ जना कर्मचारी भने अझै सम्पर्कविहीन छन्। उनीहरू पावर हाउस भित्रै फसेको आशंका गरिएको छ।
घटनास्थलमा नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली खटिएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार एउटा शव बाहिर निकालिएको छ भने अन्य शव निकाल्ने काम भइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend