जन आकाश
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत ३ असोजबाट सुरु हुने वडा अधिवेशन प्रक्रिया अघि बढाउन नसकेका पाँच जिल्लामा कार्यवाहक सभापति तोकेको छ।
कांग्रेसले कञ्चनपुर, कैलाली, डोटी, मुगु र बागलुङमा कार्यवाहक सभापति तोकेर महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
महामन्त्री गुरुराज घिमिरेका अनुसार ती जिल्लाका सभापतिहरूले ३ असोजबाट सुरु हुने वडा अधिवेशन अघि बढाउन नसक्ने जानकारी गराएपछि कार्यवाहक सभापति तोकिएको हो।
कैलालीमा जिल्ला सभापतिले महाधिवेशनमा सहभागी नहुने बताएपछि उपसभापति खेम चौधरीले वडा अधिवेशन प्रक्रिया अघि बढाउने भएका छन्।
यस्तै, बझाङ, डडेल्धुरा र भक्तपुरका जिल्ला सभापतिहरूले भने ३ असोजको वडा अधिवेशन अघि बढाउने जानकारी केन्द्रलाई गराएका छन्। उनीहरूले बिहीबारसम्म आफ्नो निर्णय स्पष्ट नगरे कार्यवाहक सभापति तोकेर प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।
महामन्त्री घिमिरेका अनुसार बाँकी ६९ जिल्लाका सभापतिहरू ३ असोजमा हुने वडा अधिवेशनको तयारीमा जुटिरहेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend