जन आकाश
काठमाडौं । लोककल्याणकारी विज्ञापन रोकिएको तथा रकम कटौती गरिएको विषय प्रतिनिधिसभामा उठेको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले आर्थिक वर्ष २०८३/८४ को बजेटमा विनियोजन भएको लोककल्याणकारी विज्ञापनको रकम सूचना तथा सञ्चार मन्त्रालयले भदौ ५ गते जारी गरेको कार्यविधिमार्फत घटाउने र नियन्त्रण गर्ने काम भएको भन्दै आपत्ति जनाए।
सांसद मल्लले संसद्बाट पारित बजेटलाई कार्यविधिमार्फत घटाउनु संसद्को अधिकार र सार्वभौमिकताको अपमान भएको बताए।
उनले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका सञ्चारमाध्यमलाई प्रोत्साहन गर्नुपर्नेमा सामाजिक सञ्जाललाई मात्रै अन्तिम सत्य मान्ने प्रवृत्ति गलत भएको बताए।
मल्लले लोककल्याणकारी विज्ञापन कटौती गर्ने संशोधित कार्यविधि तत्काल खारेज गरी रकम घटाउनुको सट्टा समयअनुसार वृद्धि गर्न सरकारसँग माग गरे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend