logo बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

सूर्यविनायक–धुलिखेल सडकका पुल निर्माण सुस्त, चार वर्षमा १२ प्रतिशत मात्रै प्रगति


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. राम लामाले सूर्यविनायक–धुलिखेल सडकखण्डमा निर्माणाधीन पुलहरूको काम निकै सुस्त गतिमा भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।



बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लामाले चार वर्षमा उक्त सडकखण्डका पुल निर्माणको काम करिब १२ प्रतिशत मात्रै सम्पन्न भएको बताए। उनले ‘सूर्यविनायक–धुलिखेल सडक कहिले बनिसक्छ?’ भन्दै सरकारसँग प्रश्न गरे।

जगाती खोला, महादेव खोलालगायतका स्थानमा पुल निर्माणाधीन रहे पनि अपेक्षित प्रगति हुन नसकेको उनले बताए। महादेव खोलामा पुल निर्माण सुरु भए पनि अन्य दुई खोलामा अझै निर्माण सुरु नभएको भन्दै सांसद लामाले सरकारको ध्यानाकर्षण गराएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend