जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रन्जु दर्शनाले आमा तथा नवजात शिशु कार्यक्रम प्रभावकारी रूपमा देशभर विस्तार गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हाल देशका १४५ अस्पतालमा मात्रै आमा तथा नवजात शिशु कार्यक्रम सञ्चालनमा रहेको बताइन्।
अस्पताल पुगेपछि पनि बाहिर चिसो भुइँमा बच्चा जन्माउनुपर्ने घटना सार्वजनिक भएको उल्लेख गर्दै उनले सुरक्षित मातृत्व र आमा सुरक्षा कार्यक्रम अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताइन्।
उनले आमा तथा नवजात शिशु कार्यक्रम सञ्चालन गर्ने सबै अस्पतालमा प्रसूति सेवा निःशुल्क हुनुपर्ने माग गरिन्। साथै, त्यस्ता अस्पतालमा निःशुल्क हुँदै आएको आधारभूत रगत परीक्षण र अल्ट्रासाउण्डसँगै ‘एनामोली स्क्यान’ पनि निःशुल्क गर्नुपर्ने बताइन्।
दर्शनाले देशभर प्रसूति सेवा दिने सबै स्वास्थ्य संस्थाको पूर्ण अडिट गरी आमा सुरक्षा कार्यक्रम विस्तार गर्न सरकारको ध्यानाकर्षण गराइन्।
हाल कार्यक्रम सञ्चालन भइरहेका १४५ अस्पतालमध्ये ११५ वटा सरकारी, २० वटा निजी, ७ वटा गैरसरकारी र २ वटा शिक्षण अस्पताल रहेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend