logo बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

भोटेकोशी बाढीपीडितलाई विद्युत् प्राधिकरणको सहुलियत


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल र मिटरसम्बन्धी सेवामा सहुलियत दिने भएको छ। प्राधिकरण सञ्चालक समितिले बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने र क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने निर्णय गरेको छ।



लगत कट्टा भएका ग्राहकले पुनः विद्युत् सेवा लिन नयाँ मिटर माग गरेमा निःशुल्क उपलब्ध गराइनेछ। साथै, बाढी प्रभावित ग्राहकलाई विद्युत् महसुलमा थप छुट वा सहुलियत दिनेबारे अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend