जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले आफ्नै सरकारको पालामा बजारमा महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देश विपद्मा परेका बेला बजारमा प्याज, चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बताए।
उनले भने, ‘मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो।’सांसद प्रसाईंले नवनिर्वाचित उद्योगमन्त्रीलाई शुभकामना दिँदै कालोबजारी नियन्त्रण र बजार अनुगमन प्रभावकारी बनाउन आग्रह गरे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend